तिमी बिनाको जीवन आत्मा बिनाको शरीर जस्तो
तिमी भईछौ साह्रै महँगी म रहेछु साह्रै सस्तो।
शिशिर ढकाल
Sunday, February 21, 2010
सर्तबिना साथ हुन्छ
नाता बिना निकटता, बन्धन बिना बाँध हुन्छ
सम्बन्धको सार अनि सर्तबिना साथ हुन्छ
राती पनि अन्धकार हुन्न अरु जे नै भनुन्
तिमी आइ मुस्कुराए झलमल्ल रात हुन्छ
मार्ने उही, काट्ने उही, चक्रब्युह बाँध्ने उही
उही मान्छे मन्दिरको भन्दा ठुलो नाथ हुन्छ
प्रेमलाई पूजा गर, राम्रो रोपे राम्रै फल्छ
घात गर्न खोज्नेलाई मात्र सधैं घात हुन्छ
दोष दिनु एउटा कुरा,रोष लिनु एउटा कुरा
तर खोज तिम्रो हार्मा कतै तिम्रै हात हुन्छ।
सम्बन्धको सार अनि सर्तबिना साथ हुन्छ
राती पनि अन्धकार हुन्न अरु जे नै भनुन्
तिमी आइ मुस्कुराए झलमल्ल रात हुन्छ
मार्ने उही, काट्ने उही, चक्रब्युह बाँध्ने उही
उही मान्छे मन्दिरको भन्दा ठुलो नाथ हुन्छ
प्रेमलाई पूजा गर, राम्रो रोपे राम्रै फल्छ
घात गर्न खोज्नेलाई मात्र सधैं घात हुन्छ
दोष दिनु एउटा कुरा,रोष लिनु एउटा कुरा
तर खोज तिम्रो हार्मा कतै तिम्रै हात हुन्छ।
एक्लै छोडिनु त पर्छ-पर्छ

मुटु भित्रै पुगे पनि मोडिनु त पर्छ-पर्छ
मिलन हुन्छ तर एक्लै छोडिनु त पर्छ-पर्छ
खुशी फुट्छ, आशा टुट्छ , हाँसो टुक्रा-टुक्रा हुन्छ
जिउनै पर्यो छरिएका जोडीनु त पर्छ-पर्छ
उज्यालोमा सबै आफ्ना, तर अँध्यारोले चोप्दा
आफ्नै छाया पनि तोडिनु त पर्छ-पर्छ
शून्य सागर हैन माया, बढ्छ अनि घट्छ पनि
जोड्दै जाउ, हेर्दै आउ, फोडीनु त पर्छ-पर्छ।
तिमी फुल्दै फुल्दै जान्छौ

गहिराइ चुमेँ लाग्छ, तिमी खुल्दै खुल्दै जान्छौ
अरु झर्छन् फुलेपछी, तिमी फुल्दै फुल्दै जान्छौ
होलान् दु:ख तिम्रा पनि, मुटुभित्र चोट होलान्
मलाई सम्झिएर शायद बाँकी भुल्दै-भुल्दै जान्छौ
कति-कती सीमा टुटे, कती बन्धन फुटे
अजम्बरी तिम्रो नाता तिमी घुल्दै-घुल्दै जान्छौ
हिजोसम्म बन्द ढोका खुलाएर तरङ्गमा
तनदेखी मनसम्म तिमी डुल्दै-डुल्दै जान्छौ।
Subscribe to:
Posts (Atom)