आफ्नो गजलहरु यस Blog मा राख्न चाहनुहुन्छ भने हामीलाई nepali.gazals.001@gmail.com मा ईमेल गर्नु होला। हामी तपाईंको साहित्य को कदर गर्नेछौ।

Sunday, February 21, 2010

सर्तबिना साथ हुन्छ

नाता बिना निकटता, बन्धन बिना बाँध हुन्छ
सम्बन्धको सार अनि सर्तबिना साथ हुन्छ

राती पनि अन्धकार हुन्न अरु जे नै भनुन्
तिमी आइ मुस्कुराए झलमल्ल रात हुन्छ

मार्ने उही, काट्ने उही, चक्रब्युह बाँध्ने उही
उही मान्छे मन्दिरको भन्दा ठुलो नाथ हुन्छ

प्रेमलाई पूजा गर, राम्रो रोपे राम्रै फल्छ
घात गर्न खोज्नेलाई मात्र सधैं घात हुन्छ

दोष दिनु एउटा कुरा,रोष लिनु एउटा कुरा
तर खोज तिम्रो हार्मा कतै तिम्रै हात हुन्छ।

No comments:

Post a Comment